Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बुद्धचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ

    बुद्धचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 297
    SHARES

    काभ्रे । काभ्रेको रोशी गाउँपालिका-५ नागबेलीस्थित बोधिचित्त(बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका छन् ।



    उक्त समूहले गएको बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो ।



    फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोड रुपैयाँमा बिक्री गर्न बैना गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

    बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झन्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।

    मैनाली र दुर्गालाललाई काभ्रेको बनेपाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको थियो ।

    प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अरू दुईजनाको म्याद थप गरी थप अनुसन्धान थालिनेछ । प्रहरीका अनुसार, ठाकुरानीको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो ।

    उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणले निष्क्रिय पारेको थियो । घटनामा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुन सक्ने प्रहरीको अनुमान छ ।

    बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्त्व छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार