Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बुद्धचित्तको रुख काटिएको प्रकरणमा थप एक जना पक्राउ

    बुद्धचित्तको रुख काटिएको प्रकरणमा थप एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 348
    SHARES

    काभ्रे । काभ्रेको सीसाखानीमा रहेको बुद्धचित्त (बोधिचित्त) को रुख काटेको आरोपमा थप एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार साँझ दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएको हो ।



    यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंबाट मानबहादुर तामाङ पक्राउ परेका थिए ।



    उनले एक महिनाअघि २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर भनेको भेटिएको थियो ।

    प्रहरीका अनुसार वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको खुलेको थियो ।

    अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिउको हुनसक्ने आशंका गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार