Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • १२ केजी बुद्धचित्तसहित चार जना पक्राउ

    १२ केजी बुद्धचित्तसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 1.6K
    SHARES

    रामेछाप। खाँडादेवी गाउँपालिका १ स्थित खैरेनीघाट पुलबाट  सशस्त्र प्रहरीले १२ केजी बुद्धचित्तसहित चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका ९ बस्ने ३८ वर्षिय डुप्साङ्ग थोकर, ३१ वर्षिय धिरज तामामङ्ग, ३५ वर्षिय रबिन लामा र २९ वर्षिय जगत तामाङ्ग छन् ।



    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त बुद्धचित्त फेला पारेको हो ।



    पक्राउ परेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार