Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • रोनाल्डोको युरोपा लिगमा पहिलो गोल, युनाइटेड २–० ले विजयी

    रोनाल्डोको युरोपा लिगमा पहिलो गोल, युनाइटेड २–० ले विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । क्रिष्टियानो रोनाल्डोले करिअरमा पहिलोपटक युरोपा लिगमा गोल गरेको दिन म्यानचेष्टर युनाइटेडले बिहीबार राति शेरिफ टिरास्पोललाई २–० ले पराजित गरेको छ ।

    यूईएफए च्याम्पियन्स लिगमा कीर्तिमानी गोल गरेका रोनाल्डोले ३९औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।



    ३७ वर्षे रोनाल्डोको जारी सिजन यो पहिलो गोल हो । त्यस्तै रोनाल्डोको क्लब प्रतियोगितामा यो ६९९औं गोल हो । त्यसअघि युनाइटेडले १७औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो ।



    जितसँगै युनाइटेडले युरोपा लिगको समूह ‘ई’मा तीन अंक जोड्न सफल भएको छ । ६ अंक जोडेको रियाल सोसिडाड शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार