Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रोनाल्डो बने सन् २०२३ को सर्वाधिक गोलकर्ता

    रोनाल्डो बने सन् २०२३ को सर्वाधिक गोलकर्ता

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 765
    SHARES

    एजेन्सी । साउदी क्लब अल-नासरका कप्तान क्रिस्टियानो रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका छन् ।

    फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका स्टार खेलाडी केलियन एम्बाप्पेलाई पछि पार्दै रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका हुन् ।



    साउदी प्रो लिगअन्तर्गत अल-तावुनविरुद्ध खेलमा एक गोल गरेसँगै ३८ वर्षीय रोनाल्डोले सन् २०२३ मा आफ्नो गोल संख्या ५४ पुर्‍याए। रोनाल्डोले वर्षको ५४ औँ गोल गरेको खेलमा अल नासरले अल-तावुन ४-१ गोलअन्तरले पराजित गरेको थियो ।



    रोनाल्डो यसअघि सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि वर्षको सर्वाधिक गोलकर्ता बनेका थिए । रोनाल्डोपछि सर्वाधिक गोलकर्ताको सूचीमा पीएसजीका स्टार खेलाडी एम्बाप्पे र इंग्ल्यान्ड तथा जर्मन क्लब बायर्न म्युनिखका ह्यारी केन छन् ।

    एम्बाप्पे र केनले समान ५२-५२ गोल गरेका छन् । सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा भने म्यानचेस्टर सिटीका स्टार खेलाडी एर्लिङ हालान्ड छन् । हालान्डले सन् २०२३ मा ५० गोल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार