Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रोनाल्डोको १९९ औँ खेलमा बोस्यिना–हर्जगोभिनामाथि पोर्चुगलको सहज जित

    रोनाल्डोको १९९ औँ खेलमा बोस्यिना–हर्जगोभिनामाथि पोर्चुगलको सहज जित

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1K
    SHARES

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोको १९९ औँ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलले बोस्यिना–हर्जगोभिनामाथि सहज जीत निकालेको छ ।

    शनिबार राति भएको खेलमा पोर्चुगलले बोस्यिना–हर्जगोभिनालाई ३–० गोलले हराउँदै युरो २०२४ को छनोटमा आफ्नो विजयी यात्रा कायम राखेको हो ।



    पहिलो हाफको अन्त्यतिर ब्रुनो फर्नान्डेजको पासमा बर्नाडो सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७७ औँ मिनेटमा फर्नान्डेजले टोलीको अग्रता दोब्बर बनाए ।



    इन्जुरी समयमा फर्नान्डेजले अर्को गोल गर्दै टोलीलाई सहज जीत दिलाए । जीतसँगै समूह जीमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार