Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

    सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 552
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने भएको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बसेको थियो ।



    मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरूलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने बैठके निष्कर्ष निकालेको छ ।



    त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भूमिका खेल्न पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार