Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घातक रोग लागेर उपचाररत बाहेक शिक्षकका सबै काज फिर्ता गर्ने निर्णय

    घातक रोग लागेर उपचाररत बाहेक शिक्षकका सबै काज फिर्ता गर्ने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररत शिक्षकबाहेक काजमा रहेका अन्य सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ ।

    शिक्षा मन्त्रालयका अनुसार मंगलबार सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको हो ।



    मन्त्रालयमा शिक्षकहरूलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएको थियो ।



    त्यसपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार