Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • आफ्नै पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

    आफ्नै पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 489
    SHARES

    सिरहा । सिरहाको लहानमा आफ्ना पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

    जिल्लाको सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साह आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् ।



    गत बैशाख ११ गते बिहानबाट बालक आयुष फेला नपरिरहेको सुचनापछि सिरहा प्रहरीले उनलाई खोजतालस सुरु गरेको थियो । अनुन्धानमा जुटेको प्रहरीले सरिता बस्दै आएको कोठाको पलङ भित्रको घर्रामा मृत अवस्थामा बालकको शव फेला परेको थियो ।



    सरिताले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेको सिरहा प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार