Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हुण्डीको १३ लाख रकमसहित वीरगन्जबाट पटेल पक्राउ

    हुण्डीको १३ लाख रकमसहित वीरगन्जबाट पटेल पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 342
    SHARES

    वीरगन्ज । वीरगन्जबाट हुण्डी कारोबारीको आशंकामा १३ लाख रुपैयाँ नगदसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेल रहेका छन् । उनको साथबाट १३ लाख २५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महनगरपालिका(१४ गण्डकस्थित सडकमा वीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २–०३ –०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।



    त्यसक्रममा उक्त मोटरसाइकलमा सवार पटेलले बोकेको झोलबाट नेपाली १ हजार दरको नोट थान ८ सय ८९ थान, ५ सय दरको नोट ८ सय ५० थान र १ सय दरको नोट १० थान गरी कूल १३ लाख २५ हजार रुपैयाँ भेटिएको र उक्त रकमको श्रोत खुलाउन नसकेकाले रकमसहित पटेललाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

    साथै पटेलको सातबाट विभिन्न बैंकको खाली चेक ७ थान पनि बरामद भएको बताइएको छ । पटेलको साथबाट बरामद रकम हुण्डीको रहेको प्रहरीको आशंका छ । पटेललाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार