Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हुण्डीको १६ लाखसहित एकजना पक्राउ

    हुण्डीको १६ लाखसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 1.7K
    SHARES

    विराटनगर । विराटनगरबाट सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बल कोशी प्रदेशका अनुसार विराटनगर –१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरिएको हो ।



    उनलाई विराटनगर–७ स्थित प्रशासन रोडबाट मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका बेला उनी को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा सवार थिए । उनको साथबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको छ ।



    साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १ सय ६९, एक सय दरका ९ सय, ५० दरका ५, २० दरका १२ र १० दरको एउटा नोट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार