Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • झण्डै ३२ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न तीन जना भारतीय नागरिक पक्राउ

    झण्डै ३२ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न तीन जना भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 945
    SHARES

    काठमाडौं । गोप्य सूचनाको आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नयाँ दिल्ली घर भई ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी घर भई नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल र राजस्थान घर भई ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल छन्।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकको टोलीले बिशालबाजार स्थित अनुज सेन्टर र न्युरोड खिचापोखरी स्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट तीनै जनालाई पक्राउ गरेको हो ।



    प्रहरीले उनिहरुको साथबाट ३१ लाख ८१ हजार ३८५ नगद र विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएको चेक बरामद गरेको छ ।

    पक्राउ परेका तीनै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार