Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री भण्डारी

    उद्यमशिलताको विकासविना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री भण्डारी

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 255
    SHARES

    अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन् ।

    प्रेस चौतारी नेपालले आज अछाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।



    उद्योगमन्त्री भण्डारीले उद्यमशिलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए ।



    उनले उद्योग र उद्यमशिलताको विकासविना मुलुकमा समृद्घि नआउने बताए ।

    उद्योगमन्त्री भण्डारीले ‘समृद्घ नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकासमा सरकार लागेको बताए।

    उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार