Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उद्योग मन्त्री कर्मचारी सरुवामा तल्लीन, बरिष्ठलाई काजमा तान्दै कनिष्टलाई प्रमुखको जिम्मा

    उद्योग मन्त्री कर्मचारी सरुवामा तल्लीन, बरिष्ठलाई काजमा तान्दै कनिष्टलाई प्रमुखको जिम्मा

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीको काम पछिल्लो समय मातहतका बिभाग वा कार्यालयका कर्मचारी सरुवामै केन्द्रित हुन थालेको छ ।

    मन्त्रालयका दुई सचिव, आधा दर्जन सहसचिव र दर्जन उपसचिव सरुवा गरिसकेका मन्त्री भण्डारीले थुप्रै शाखा अधिकृत र नायबसुब्बाको सरुवा गरिसकेका छन् । लगानी सम्मेलन लगत्तै मन्त्रालय र मातहतको बजेट कार्यक्रममा ध्यान दिने बताएका भण्डारीले त्यतातिर भन्दा कर्मचारी सरुवामै रमाउँदैआएका छन् ।



    मन्त्रीका निजी सचिव विवेक घिमिरे, मन्त्रालयको कर्मचारी प्रशासन शाखाका घनश्याम सुवेदी र उपसचिव लीलाधर अधिकारीको कोरटीमले तयार गरेको सूचीलाई बुधबार साँझ अन्तिम रुप दिइएको छ । स्रोतका अनुसार १४ जनाभन्दा बढी उपसचिव, शाखा अधिकृत र नासु् तहका कर्मचारीको सरुवा तथा काज गरिएको छ ।



    सबैभन्दा बढी उद्योग बिभाग र कम्पनी रजिष्टार कार्यालयमा काज र सरुवा गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रबाट प्राविधिक उपसचिव अमित आचार्यलाई मन्त्रालयमा काजमा तानिएकोे छ ।

    यसअघि केन्द्रका सहसचिव दीपक घिमिरेलाई दरबन्दी केन्द्रमै मन्त्रालयमा झिकाइएको छ । उपसचिव बिष्णु भट्टराईलाई कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी दिनका लागि केन्द्रका बरिष्ठ कर्मचारीहरुलाई काजमा मन्त्रालय तानेर सुशासनको धज्जी उडाइएको छ ।

    ललिता निवास जग्गा प्रकरणमा पक्राउ परे पनि पछि चलखेल गरी थुनामुक्त भएका सचिव कृष्णबहादुर राउत र बाणिज्य सचिव दिनेश घिमिरेलाई सुशासनको पक्षधर मानिंदै आएको छ । तर दुवै सचिवले बरिष्ठ कर्मचारीलाई तेजोबध गरी काजमा राखेर कनिष्टलाई कार्यालयको जिम्मेवारी दिएर मन्त्रीको योजनामा साथ दिनुलाई आश्चर्यको रुपमा हेरिएको छ ।

    त्यसैगरी, उद्योग विभाग कार्यरत रहँदा अनियमिततामा मुछिएका शाखा अधिकृत बसन्तबहादुर खत्रीलाई कम्पनी रजिष्टार कार्यालयमा पठाइएको छ ।

    खत्रीले श्रम मन्त्रालयमा सरुवा भएको भन्दै चर्चा चलाए पनि उनी सचिव राउत र मन्त्रीका निजी सचिव विवेक घिमिरेलाई खुसी पारी कम्पनीमा जान सफल भएका छन् । फाइल सेटिङ गरी उद्योगीहरुबाट लाखौंको मोलमोलाइ गरेको बिषयमा विवादमा परेपछि मन्त्री भण्डारी आएपछि उनी बिभागबाट सरुवा भएका थिए ।

    घुमिफिरी रुम्जाटार भनेजस्तै उनी एक महिनामै कम्पनी रजिष्टार कार्यालयमा फर्किएका छन् । उद्योग बिभागकै शैलीमा मोलतोल गर्न उनी कम्पनी कम्पनी रजिष्टार कार्यालयमा आएका छन् ।

    उद्योग विभागका शाखा अधिकृत दीपक दाहालको पनि काजसरुवा भएको चर्चा छ । अनुमति शाखामै कार्यरत शाखा अधिकृतहरु दुर्गादत्त भट्ट, सुन्दरकुमार थापा, सुजित कर्ण र उपसचिव शंकरसिंह धामीलाई पनि सरुवा गर्न लागिएको छ ।

    कम्पनी रजिष्टार कार्यालयका रजिष्टार दीपककुमार पहाडी आगामी जेठ २० गते अवकाश हुने भएपछि उक्त ठाउँमा कसलाई पठाउनेबारेमा निजी सचिव घिमिरेले मोलतोल गर्न सुरु गरेका छन् ।

    संचार तथा सूचना प्रबिधि मन्त्रालयमा उपसचिव हरि पँगेनीको सरुवा भएपछि सो ठाउँमा निजी सचिव घिमिरेले आफूनिकटलाई ल्याउन लागेका छन् । बाणिज्य विभागका महानिर्देशक तीर्थ चिलवालको ठाउँमा पठाउन उपयुक्त सहसचिवको खोजी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार