Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

    सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 348
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।



    पक्राउ गरेकाहरूको साथबाट १७६८ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगद बरामद भएको छ ।



    पक्राउ पर्नेमा  दार्चुला महाकाली नगरपालिका ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल रहेका छन् ।

    त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।

    सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार