Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सिरहाबाट एकजना अवैध हुण्डी कारोबारी पक्राउ

    सिरहाबाट एकजना अवैध हुण्डी कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 426
    SHARES

    फाइल तस्विर

    सिरहा । सिरहामा अवैध हुन्डी कारोबारमा संलग्न भएको आरोपमा युवक पक्राउ परेका छन् ।

    जिल्लाको गोलबजार नगरपालिका ४ बाट प्रहरीले बिहीबार साँझ स्थानीय ३० वर्षीय किशुनलाल साहलाई पक्राउ गरेको हो ।



    इलाका प्रहरी कार्यालय गोलबजार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



    साहलाई उनकै घरबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ लगत्तै सीआईबीले थप अनुसन्धानका लागि साहलाई काठमाडौं लगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार