Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • हुण्डी कारोबार गर्ने एकजना ८ लाखसहित पक्राउ

    हुण्डी कारोबार गर्ने एकजना ८ लाखसहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 957
    SHARES

    फाइल तस्विर

    पर्सा । पर्साको प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले ८ लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको ना२८प ९००८ नम्बरको मोटरसाइकल खानतलासी गर्दा स्रोत नखुलेको ८ लाख रुपैयाँ फेला पारी बरामद गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।



    प्रहरीले रकमसँगै बाराको प्रसौनी गाउँपालिका–२ बस्ने ३३ वर्षीय सुनिलकुमार साहलाई समेत पक्राउ गरेको छ ।



    उनले हेलमेटभित्र १००० दरका ८०० थान नोट लुकाएका थिए । उनलाई पर्सा जिल्ला अदालतबाट ५ दिन थुना अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार