Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मोरङबाट ४ लाख ७५ हजार नगदसहित हुन्डी कारोबारी पक्राउ

    मोरङबाट ४ लाख ७५ हजार नगदसहित हुन्डी कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 510
    SHARES

    मोरङ । मोरङमा हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक युवक चार लाख ७५ हजार नगदसहित पक्राउ परेका छन् ।

    जिल्लाको विराटनगर महानगरपालिका १५ सुडी बस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साह पक्राउ परेका हुन् । उनी विराटनगरका चर्चित हुण्डी कारोबारी रहेको स्रोतको दाबी छ ।



    कपडाको व्यापार व्यवसायी गर्दै आएका साह अहिले व्यापार छोडेर अवैध हुण्डीको धन्दामा लागेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साहलाई बिहीबार नै पक्राउ गरेको छ ।



    उनको साथबाट हुण्डि कारोबारमा संलग्न कागजपत्र पनि फेला पारेको बताइएको छ । साहलाई प्रहरीले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार