Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • धनुषाबाट एकजना हुण्डी कारोबारी पक्राउ, चार लाखभन्दा बढी बरामद

    धनुषाबाट एकजना हुण्डी कारोबारी पक्राउ, चार लाखभन्दा बढी बरामद

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 561
    SHARES

    धनुषा । धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एकजना पक्राउ परेका छन् ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर राईनलाई पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार राईनबाट स्रोत नखुलेको नेपाली ४ लाख छ हजार एक सय पन्ध्र रुपैयाँ बरामद गरिएको छ ।



    उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार