Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हुण्डीको २१ लाखसहित कारोबारमा संलग्न पाँच जना पक्राउ

    हुण्डीको २१ लाखसहित कारोबारमा संलग्न पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 825
    SHARES

    बारा । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा भारतको बिहारका २९ वर्षीय रंजित सरार्फ, बिहारकै रवि शंकर सिंह, कृष्णलाल प्रसाद, बाराको कलैयाका ३१ वर्षीय कलामुसदन अन्सारी, बाराकै ३९ वर्षीय मेराजेल हक अन्सारी छन्।



    उनीहरुलाई कलैयास्थित अस्पताल रोडबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट २१ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।



    पक्राउ परेकाहरुविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार