Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दुर्गा प्रसाईंको हतियारबारे छानबिन समितिले बुझायो प्रतिवेदन

    दुर्गा प्रसाईंको हतियारबारे छानबिन समितिले बुझायो प्रतिवेदन

    समितिले भन्यो - प्रसाईंको हतियार लाइसेन्स लिएर पनि राख्न मिल्दैन

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 474
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।

    समितिका संयोजक सहसचिव राजेन्द्रदेव पाण्डेले सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।



    प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ ।



    ५ चैतमा सर्वोच्च अदालतको गेटबाट हतियारसहित प्रसाईंका दुई बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए ।

    उनीहरु पक्राउ परेपछि गृह मन्त्रालयले सहसचिव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन सुरु गरेको थियो ।

    सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानूनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार