Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वर्तमान सरकार मेरो हतियारमा भुलेको छ : दुर्गा प्रसाईं

    वर्तमान सरकार मेरो हतियारमा भुलेको छ : दुर्गा प्रसाईं

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 282
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राज्य अहिले आफ्नो हतियारमा भुलेको बताएका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै व्यवसायी प्रसाईंले यस्तो बताएका हुन् ।



    उनले सर्वोच्च अदालत परिसरबाट आफ्नो अंगरक्षकलाई प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरेको विषय सर्वोच्चको आदेशबाटै पुष्टि भएको बताए।



    प्रसाईंले आफूले राज्यको निकायकै निर्णयको आधारमा २२ बोरको हतियार विदेशबाट ल्याएको र लाइसेन्स लिएर प्रयोग गरिरहेको बताए ।

    व्यवसायी प्रसाईंले भने,‘झापा जिल्ला प्रशासनको सिफारिसमा गृह मन्त्रालयको सुरक्षा समितिको बैठकले मलाई हतियार दिने भनेर निर्णय गरेको हो । गृह मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी लेखेको थियो । त्यो चिठीको आधारमा हामीले हतियार मगाएका हौँ । त्यो चिठीको आधारमा हामीले लाइसेन्स पनि पाएका हौँ । अहिले राज्य मेरो हतियारमा भुलेको छ ।’

    उनले आफ्नो हतियारमा भुल्नुभन्दा एमालेका नेताबाट शोभा पाठकमाथि अन्याय परेको दाबी गर्दै उनलाई न्याय दिन आग्रह गरे ।

    उनले लाइसेन्सप्राप्त हतियार बोक्दा सर्वोच्च परिसरमा प्रहरीले जबरजस्ती गरेर गैरकानुनी हर्कत गरेको आरोप समेत लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार