Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बैंकबाट लिएको सबै ऋण तिर्ने दुर्गा प्रसाईंको घोषणा

    बैंकबाट लिएको सबै ऋण तिर्ने दुर्गा प्रसाईंको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 771
    SHARES

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् ।

    झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै प्रसाईंले यस्तो बताएका हुन् ।



    उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गरे ।



    प्रसाईंले भने, ‘एफिलेसन आयो कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको।अब अभियान झन् एग्रेसिभ जान्छ । अब मसँग पैसा पनि हुन्छ, लडाइ पनि गर्छु । क्लियर कुरा ।’

    प्रसाईंले अब एफिलियसन आएपछि कलेज चलाउने र बैंकको लोन चुक्ता गर्ने बताए ।उनले मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने बताए ।

    राजनीतिक दलका नेताहरुले नबोलेका कारण आफू गरिबको पक्षमा बोलेको उनको दाबी छ । अभियानअनुसार जुम्लामा २२, दाङमा २४ गते, इलाममा ६ गते कार्यक्रम रहेको बताए ।

    उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार