Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अमेरिका पठाउने भन्दै केन्या पुर्‍याएर साढे ५ करोड असुली, टासीसहित तीन जना प्रहरीको फन्दामा

    अमेरिका पठाउने भन्दै केन्या पुर्‍याएर साढे ५ करोड असुली, टासीसहित तीन जना प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 369
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध बाटोबाट क्यानडा र अमेरिका पठाई दिने भन्दे ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली-१ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका-१ की १९ वर्षीया नीमा शेर्पा रहेकी छन् ।



    उनीहरुले १० जना नेपालीलाई भिजिट भिसामा केन्या पुर्‍याएर बन्धक बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मानव तस्कर समूहले पाँच करोड रुपैयाँ असुली गरेपछि भने उनीहरूलाई छाडेको पाइएको छ ।



    बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए ।

    एसपी रेग्मीका अनुसार पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्‍याइ बन्धक बनाइएको थियो ।

    प्रहरीले पक्राउ परेको गिरोहले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको दाबी गरेको छ ।

    यस्ता छन् अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरु : 

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार