Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चले फैसला सुनाएपछि लिङदेन किन भए खुशी ?

    दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चले फैसला सुनाएपछि लिङदेन किन भए खुशी ?

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा फैसला सुनााएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले खुसी व्यक्त गरेका छन् ।

    झापाको दमकस्थित बी एण्ड सी मेडिकल कलेजको पक्षमा सर्वोच्चले गरेको फैसलाप्रति झापाबाट निर्वाचित सांसदसमेत रहेका लिङदेनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् ।



    सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको थियो ।



    इजलासले प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारका नाउँमा आदेश दिएको थियो ।
    लिङदेनले मंगलबार बिहान सामाजिक सञ्चालमा लेखेका छन्,‘बीएण्डसी मेडिकल कलेज मान्यता प्राप्तिको बाटो खुलेको समाचारले खुसी भएको छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार