Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दुर्गा प्रसाईलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    दुर्गा प्रसाईलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 5.2K
    SHARES

    काठमाडौं । विवादास्पद व्यापारी दुर्गा प्रसाईलाई पक्राउ गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

    लाइसेन्स प्राप्त हतियार बोकेर आतंक मच्चाउँदै हिँडेको घटनामा प्रसाईलाई पक्राउ गरेर अनुसन्धान हुन लागेको हो ।



    गत ५ चैतमा प्रहरीले उनका बडीगार्डहरू दिपक खड्का र राजकुमार धिताललाई स्वचालित हतियार र एक सय राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।



    सर्वोच्च अदालतको गेटमा उनीहरू पक्राउ परेका थिए । हतियार बोकेर अनावश्यक दबाब दिन खोजेको प्रहरी निष्कर्ष छ । सो हतियार प्रसाईको नाममा दर्ता छ ।

    जस कारण उनलाई पनि प्रतिवादी बनाउनुपर्ने प्रहरीले ब्रिफिङ गरेपछि गृहमन्त्री लामिछानेले पक्राउ गर्न निर्देशन दिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

    आफूमाथि अनुसन्धान हुने चाल पाएपछि प्रसाई भने सम्पर्कविहीन बनेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार