Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गृहमन्त्री रवि भन्छन् – मेरा हिजोका अभिव्यक्तिको गोताखोरी गर्नै पर्दैन, छिट्टै रिजल्ट आउँछ

    गृहमन्त्री रवि भन्छन् – मेरा हिजोका अभिव्यक्तिको गोताखोरी गर्नै पर्दैन, छिट्टै रिजल्ट आउँछ

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 771
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्ना हिजोका अभिव्यक्ति नखोतल्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना धारणा राख्दै उनले यस्तो आग्रह गरेका हुन् ।

    उनले जे कुरालाई हिजो गलत भनिएको हो आज पनि गलत नै रहेको बताए । लामिछानेले ८ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै बाउको मुख हेर्ने दिनमा पनि दिन भनेका थिए ।



    आज कतारका अमिर आउने दिनमा गृह मन्त्रालयले दिएको बिदालाई लिएर सामाजिक सञ्जालमा उनको पुरानो अभिव्यक्ति उत्खनन् भएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    उनले आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम गरिरहेकाले छिट्टै रिजल्ट पनि आउने बताएका छन् ।

    उनले लेखेका छन्, ‘रिजल्ट आउदैछ। तर विधि नै नफेरीकन कुनै ब्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।

    विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपाल सँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार