Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमसीए नेपाल : न्यू–बुटवल सबस्टेसन निर्माणको जिम्मा भारतीय कम्पनीलाई

    एमसीए नेपाल : न्यू–बुटवल सबस्टेसन निर्माणको जिम्मा भारतीय कम्पनीलाई

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 261
    SHARES

    काठमाडौं । एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदानमा बन्ने न्यू-बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

    नवलपरासी बर्दघाट सुस्ता पश्चिममा निर्माण हुने ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माणको लागि लिङ्कसन इण्डिया प्रालिसँग एमसीए नेपालले ठेक्का सम्झौता गरेको हो ।



    सम्झौताअनुसार सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ ।



    बर्दघाट सुस्तापश्चिममा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डिनआर थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो ।

    नेपालका लागि अमेरिकी राजदूत थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको उपस्थितिमा नवलपरासीमा आयोजित समारोहमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिङ्कसन इण्डियाका प्रतिनिधिले हस्ताक्षर गरे।

    कार्यक्रममा राजदूत थम्प्सनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको र यसको निर्माण सुनिश्चित गर्न अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

    यो सबस्टेसन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो सबस्टेसनले सीमापार ऊर्जा व्यापारमा उल्लेख्य योगदान गर्ने तथा विद्यमान २२० केभी सबस्टेशनलाई सघाउने पनि उनले बताए ।

    कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिबारे जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार