Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ‘सिधाकुरा’ लाई प्रेस काउन्सिलको निर्देशन – २४ घण्टाभित्र भ्रामक अडियो हटाउनू

    ‘सिधाकुरा’ लाई प्रेस काउन्सिलको निर्देशन – २४ घण्टाभित्र भ्रामक अडियो हटाउनू

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 489
    SHARES

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले एक्सक्लुसिभ भन्दै ‘सिधाकुरा डटकम’ले सम्प्रेषण गरेको भ्रामक सामग्रीको अडियो २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

    सिधाकुरा डटकमले एक्सक्लुसिभ भन्दै ‘४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टीङ अपरेशन, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए’, शीर्षक अतिरञ्जित सामग्री आज बिहान प्रसारण गरेको थियो ।



    काउन्सिलले शुक्रबार अपरान्ह त्यसलाई २४ घण्टाभित्र हटाई जानकारी दिनुका साथै त्यसको जवाफ पेस गर्नसमेत सिधाकुरा डट कमलाई निर्देशन दिएको हो ।



    उक्त समाचारमा नाम जोडिएका अन्नपूर्ण मिडिया नेटवर्का अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रबार दिउँसो काउन्सिलमा उजुरी दिएका थिए । उक्त उजुरी छानबिन गरी काउन्सिलले सामग्री भ्रामक भएकाले हटाउनका लागि निर्देशन दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार