Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रेस काउन्सिलले भन्यो – अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्नू

    प्रेस काउन्सिलले भन्यो – अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्नू

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 627
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

    बिहिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा अनुसन्धानमा बाधा पुग्नेगरी दुष्प्रचार भैरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको हो ।



    पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चार माध्यम र समाजिक संञ्जालबाट भ्रम फैलाउने काम भएको काउन्सिलले जनाएको छ।



    काउन्सिलले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा ठूला पार्टीकै हाइप्रोफाइल नेताहरु मुछिएपछि घटनासँग असम्बन्धित व्यक्ति, सङ्घ संस्था, राजनीतिक दल र नेताको चरित्रहत्या एवं मानहानी हुनेगरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘समाजमा भ्रम÷अफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने किसिमबाट सत्य÷तथ्य एवं सन्तुलन विमुख भइ सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यताविपरीत कार्य हो ।’

    सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीबारे उजुरी र गुनासा आउने क्रम बढेको भन्दै विज्ञप्तिमा पत्रकारिताको मूल्य, मान्यताविपरीत र आचारसंहिता प्रतिकूलका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार