Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दिपक मनाङेले एकाएक किन कित्ता फेरे ? पृथ्वीसुब्बा गुरुङ नै अचम्मित !

    दिपक मनाङेले एकाएक किन कित्ता फेरे ? पृथ्वीसुब्बा गुरुङ नै अचम्मित !

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    पोखरा।  गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले एकाएक नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा बहुमत पुर्‍याउन सहयोग गर्ने घोषणा गरेपछि एमालेको तर्फबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ अचम्मित बनेका छन्।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने  छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने पूर्व सन्ध्यामा स्वतन्त्र सांसद समेत रहेका गुरुङले विपक्षी गठबन्धनलाई साथ दिने जनाएका छन् ।



    दिउँसो १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका छ । तर उनले विश्वासको मत पाउन निकै कठिन छ ।



    आज सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्ने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    गण्डकीमा ६० प्रदेश सभा सदस्य रहेकोमा विश्वासको मतको लागि ३१ मत आवश्यक पर्छ । अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको हो ।

    कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ सदस्य छन् ।

    चार वटै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । तर राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले भने पार्टीको निर्णय नमान्ने बताएका छन् ।

    मनाङेले विपक्षी गठबन्धन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार