Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पाँचौ पटक मन्त्री बन्दै दीपक मनाङे

    पाँचौ पटक मन्त्री बन्दै दीपक मनाङे

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 453
    SHARES

    पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पाँचौ पटक मन्त्री बन्ने भएका छन् ।

    नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गर्दा मनाङेलाई मन्त्री बनाउने भएका हुन् ।



    ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियत मागेका मनाङेसहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।



    संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सभामुखलाई पनि समावेश गरिएको भन्दै कांग्रेस सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ भने अधिकारीले शपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

    अधिकारीले माओवादीबाट १ जना र दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् । मुख्यमन्त्रीको शपथसँगै अन्य २ जनालाई विना विभागीय मन्त्री नियुक्त गर्ने तयारी रहेको एमालेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार