Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

    दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 762
    SHARES

    पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीले दीपक मनाङे उर्फ राजीव गुरुङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री समेत रहेका मन्त्री मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।



    गत आइतबार मात्रै मनाङेले आफू स्वतन्त्र निर्वाचित भएको हुँदा अभिलेख स्वतन्त्र कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।



    मनाङ ‘ख’बाट निर्विरोध निर्वाचित भएका मनाङे ०७९ मंसिर १९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए । सो पत्रअनुसार नै मनाङे आइतबारसम्म एकीकृत समाजवादीको सांसदको हैसियतमा थिए ।

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २९ ले स्वतन्त्र निर्वाचित व्यक्तिले दलको सदस्यता लिएमा स्वतः संसदीय दलको सदस्य हुने व्यवस्था गरेको छ । अब उनको पद नै जान सक्ने सम्भावना बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार