Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गण्डकीमा दीपक मनाङेले लिए मन्त्रीको शपथ

    गण्डकीमा दीपक मनाङेले लिए मन्त्रीको शपथ

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 507
    SHARES

    पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् ।

    सोमबार मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



    उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।



    केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पुर्‍याउने गरी तयारी गरिरहेको छ ।

    त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन्।

    चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले पार्टी छाडेको घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार