Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

    गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 219
    SHARES

    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

    सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको जानकारी गराएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताएका हुन् ।



    नेपाली कांग्रेसले बहिस्कार गरेपछि प्रतिपक्षी दल अनुपस्थित रहेको बताउँदै जीवनाषक विधेयक पेश गर्ने कार्यसूचीबाट हटाएर संसद स्थगित गरिएको हो।



    बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।

    बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो ।

    कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले कुनै जानकारी गराएको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार