Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकी सरकारविरुद्ध अदालत जाने कांग्रेसको निर्णय

    गण्डकी सरकारविरुद्ध अदालत जाने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 285
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

    आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।



    ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमाले-माओवादी गठबन्धनसँग बहुमत पुगेको छैन । एमालेका २२, माओवादीका सभामुखबाहेक ७ र स्वतन्त्र १ जोड्दा ३० मत मात्र पुग्छन् ।



    तर, यसमा अझै एक सीट पुग्दैन । यस्तोमा सभामुख समेतको हस्ताक्षर प्रयोग गरी अधिकारी मुख्यमन्त्री बन्दा विवाद भएको हो ।

    यसअघि कोशीमा पनि सभामुखको हस्ताक्षर प्रयोग गरेर सरकार बनाउँदा सर्वोच्चले त्यसलाई उल्ट्यादिएको थियो ।

    गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका लागि बहुमत पुर्याएको र त्यो असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च जाने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार