Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी

    एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 252
    SHARES

    बुटवल । नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल विजयी भएको छ।

    १०औं अधिवेशनबाट दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै अधिकारीको प्यानल विजयी भएको हो ।



    अधिकारी १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका छन् ।



    अधिकारी प्यानललाई एमाले उपाध्यक्ष पौडेल, पोलिटब्यूरो सदस्य तथा पूर्व मुख्यमन्त्री एवं जिल्ला इन्चार्ज लीला गिरी तथा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको साथ थियो ।

    श्रेष्ठलाई भने महासचिव शंकर पोखरेलले साथ दिएका थिए । जिल्ला अधिवेशनका लागि महासचिव पोखरेल आफैं बर्दिया पुगेका थिए । त्यस्तै उपाध्यक्षमा दुर्गा वली १७९ मतका साथ विजयी भएका छन् ।

    उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए । सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी नैनबहादुर खत्रीले १६८ मत पाएका छन् ।

    उपसचिवमा लहनु थारू १७८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार