Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वेस्टइन्डिजविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    वेस्टइन्डिजविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 339
    SHARES

    काठमाडौं । नेपालले चौथो टी-२० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।



    सिरिज जित्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ ।



    पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

    पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले जित्दा दोस्रो र तेस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो।

    नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जिसी, ललित राजवंशी र अभिनास बोहरा।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार