Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकीकृत समाजवादी पार्टी त्याग गरेको सांसद मनाङेको घोषणा

    एकीकृत समाजवादी पार्टी त्याग गरेको सांसद मनाङेको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 2.3K
    SHARES

    कास्की । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादी पार्टी त्याग गरेको घोषणा गरेका छन् ।

    उनले आइतबार प्रदेशसभा सचिवालयमा दलीय आवद्धता त्यागबारे निवेदन दर्ता गराएका हुन् ।



    उनले नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता, संसदिय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिवालयमा निवेदन दिएको बताइएको छ ।



    मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित भएका मनाङे पछि माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

    बिना कारण र अनयासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन आफु सधैं प्रतिवद्ध रहेको उनको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार