Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसदमा बोल्न पाऊँ भन्दै गृहमन्त्री लामिछानेले सभामुखलाई लेखे पत्र

    संसदमा बोल्न पाऊँ भन्दै गृहमन्त्री लामिछानेले सभामुखलाई लेखे पत्र

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 453
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई संसद‍्मा बोल्न अनुमति माग्दै निवेदन दिएका छन् ।

    गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नका जवाफ दिनका लागि संसदमा बोल्न अनुमति दिन सोमबार सभामुख घिमिरेलाई पत्र लेखेका हुन्।



    गृहमन्त्री लामिछानेले आफूमाथि लागेका आरोपबारे महान्यायाधिवक्ता कार्यालयमा समेत निवेदन दिएका थिए।



    पत्रमा लामिछानेले लेखेका छन्,‘यही २८ गतेबाट चालु हुने अधिवेशनको प्रारम्भिक दिनहरूमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरी र जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनि महान्यायाधिवक्ता कार्यालयबाट मलाइ जानकारी गराइएको पत्र यसैसाथ संलन्ग गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु।’

    निवेदनमा उनले संसद‍्मा उत्पन्न गतिरोधका कारण आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ भन्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम २ मा उल्लेख भएको व्यवस्थाको उल्लङ्घन हुन गएकोप्रति ध्यानाकर्षण गराएका छन् ।

    मन्त्री लामिछानेले आगामी वर्खे अधिवेशनमा संसदमा जवाफ दिने वातावरण मिलाउनका लागि आग्रह गरेका हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार