Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माछापुच्छ्रे बैंकको नयाँ अध्यक्षमा रोशन केसी नियुक्त

    माछापुच्छ्रे बैंकको नयाँ अध्यक्षमा रोशन केसी नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 699
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।​​

    बिहीवार बसेको ४९१ औं सञ्चालक समितिको बैंठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।​​



    बैंकका निवर्तमान अध्यक्ष डा उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा नियुक्त गरिएको बैंकले जनाएको छ ।



    केसी विगत ९ वर्षदेखि माछापुच्छ्रे​ बैंकमा आबद्ध भई २०७४ वैशाख ४ गतेदेखि २०७५ पुस २० सम्म बैंकका अध्यक्ष भएर समेत काम गरिसकेका छन् ।

    हाल अध्यक्षमा नियुक्त हुनु अघि उनले यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार