Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सीजी डिजिटलमा माछापुच्छ्रे बैंकका ग्राहकलाई विशेष छुट

    सीजी डिजिटलमा माछापुच्छ्रे बैंकका ग्राहकलाई विशेष छुट

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 603
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ ।

    माछापुच्छ्रे बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।



    यो सुविधा ग्राहकलाई १५ फागुन २०७९ सम्म मात्र कायम रहने बैंकले जनाएको छ । बैंकले आफ्ना डेबिट/क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।



    माछापुच्छ्रे बैंकका अनुसार क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत ईएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार