Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत् स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

    माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत् स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 552
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत् स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ।

    यो सेवा सुरू भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन्।



    रेमिट्याप वालेटमार्फत् विभिन्न व्यापाररव्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआरमार्फत् भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा लिन सक्ने बताइएको छ।



    इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सियल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्छ्यौट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत् भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार