Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • अब माछापुच्छ्रे बैंकले सूचना एसएमएस सँगसँगै ध्वनीमार्फत दिने

    अब माछापुच्छ्रे बैंकले सूचना एसएमएस सँगसँगै ध्वनीमार्फत दिने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 717
    SHARES

    फाइल तस्विर

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलोपटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्टन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधि प्रयोगमा ल्याएको छ ।

    यही साउन ५ गतेबाट क्यूआरमा भ्वाइस बक्स जडान गरेर माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको शुरुवात गरेको हो ।



    यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ ।नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरूबाट प्रविधिको शुभारम्भ गरिएको बैंकले जनाएको छ ।



    अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरूले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी (साउण्ड) मार्फत पनि दिने छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरूमाझ क्यूआरप्रति लोकप्रियता एवं विश्वसनीयता बढ्ने बैंकको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार