Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इलाम र झापाका सीमा नाका ७२ घण्टाका लागि सिल

    इलाम र झापाका सीमा नाका ७२ घण्टाका लागि सिल

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 300
    SHARES

    फाइल तस्विर

    झापा । आज साँझ ६ बजेदेखि झापा र इलामका सीमा नाका ७२ घण्टाका लागि सिल भएका छन् ।

    भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदान हुँदैछ ।



    दोस्रो चरणमा नेपालको सीमा जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ र विहारको किशनगञ्ज जिल्लामा एकै दिन मतदान हुँदैछ।



    सीमा नाका जोडिएका जिल्लाहरूमा मतदान हुने भएपछि भारतीय सुरक्षा निकायको आग्रह बमोजिम मतदानको ७२ घण्टे अघिदेखि सीमा नाका सिल गर्न लागिएको जनाइएको छ।

    इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका बन्द हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार