Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सीमा नाका बन्द गराउन नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती

    सीमा नाका बन्द गराउन नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1.3K
    SHARES

    वीरगञ्ज । भोली हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ ।

    मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द भएको छ । यसबारे जानकारी नपाएका कारण नेपाल आउन खोजेका भारतीय नागरिकलाई बुधबार सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने नेपाली नागरिकको हकमा परिचय पत्र देखाएपछि आउन दिईएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।



    मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि भनिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिएको छ ।



    मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले भारतीय समकक्षीसँगको समन्वयमा सीमा बन्द कडाइका साथ गरिरहेका छन् । सीमा क्षेत्रमा खटिएका उनीहरुले सर्वसारधणलाई आउन जान रोकेका छन् ।

    मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका छन् । भारततर्फ सीमा नाका मात्रै हैन सीमा क्षेत्र नै खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

    देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज–रक्सौल नाका हुँदै बुधबार बिहान थुप्रै भारतीय नागरिक नेपाल छिर्न खोजेका थिए । वीरगञ्जलगायत नेपालका विभिन्न सहरमा कामका लागि आउन खोजेका उनीहरूलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले फिर्ता पठाइदिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार