Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रहरी हिरासतबाट भागेर एक थुनुवा भारत पुगेपछि…

    प्रहरी हिरासतबाट भागेर एक थुनुवा भारत पुगेपछि…

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 876
    SHARES

    दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनाबाट भागेर एक जना थुनुवा भारत पुगेका छन्।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनामा रहेका महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर भारत पुगेका हुन् ।



    कुँवर जिल्ला प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फाली महाकालीमा पौडी खेलेर भारततिर पुगेका थिए ।



    त्यस क्रममा महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्टले नेपालबाट भागेर गएका कुँवरलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ ।

    कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवानसमेत भिरमा खसेर घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार