Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दुर्घटनामा दुई जनाको मृत्यु भएपछि सडक अवरुद्ध

    दुर्घटनामा दुई जनाको मृत्यु भएपछि सडक अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 798
    SHARES

    दाङ । देउखुरीको राजपुरमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्।

    पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले राजपुर र लमही नगरपालिका-८ जहरेचोकमा राजमार्ग अवरुद्ध पारेका हुन्।



    हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् । स्थानीयको अवरोधका कारण सवारी साधन अवरुद्ध छन्।



    सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका- ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख२३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षका प्रदीप यादवको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार