Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोइलाखानीमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा, ३ जना पक्राउ

    कोइलाखानीमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा, ३ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 813
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ।

    सुरूङमा मृत बंगलाचुली गाउँपालिका-४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेटिएका शिवराज केसीको हत्या भएको खुलेको हो।



    हत्यामा संलग्न रहेको आशंकामा दाङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।



    केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका थिए।

    उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो।

    घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार