Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शिकारीको गोलीबाट सशस्त्र प्रहरी जवानको मृत्यु

    शिकारीको गोलीबाट सशस्त्र प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 2.2K
    SHARES

    दाङ । शिकारीको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

    सशस्त्र प्रहरी बल २८ नम्बर गणमा कार्यरत घोराहीका जुगरू चौधरीको जनसेवा सामुदायिक वनमा शिकारीले चलाएको गोली लागेर मृत्यु भएको हो ।



    स्थानीय जनसेवा सामुदायिक वनमा बिदामा आएको समयमा घरायसी प्रयोजनका लागि गाउँका स्थानीयसँगै मालुको पात टिप्न गएका चौधरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    चौधरीको हत्या आरोपित एक जनालाई प्रहरीले मध्यराति बन्दुकसहित पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं। २८ गण हेडक्वाटर तौलीहवा कपिलवस्तुमा दरबन्दी भई सोही गणमा कार्यरत चौधरी घटनाको तीन दिन पहिले घर बिदामा आएका थिए।

    चौधरीको हत्या गरेको आरोपित घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित प्रहरीले शनिबार बिहान १ बजे नियन्त्रणमा लिएको छ।

    पक्राउ परेका केसीले मालुको बोटमा गुना बसेको ठानेर आफूले गोली हानेको बयान प्रहरीलाई दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार